images
images

बैतडी जिल्ला ‘पूर्ण खोप दिगोपन सुनिश्चितता’ जिल्ला घोषणा

बैतडी– बैतडी जिल्ला ‘पूर्ण खोप दिगोपन सुनिश्चितता’ जिल्ला घोषणा गरिएको छ ।

शुक्रबार गाेठलापानी स्थित अपिगेष्ट हाउसको सभाहलमा बैतडी जिल्ला पूर्णखाेप दिगाेपना सुनिश्चितता जिल्ला घाेषणा गरिएकाे हाे ।

१६ देखि ५९ महिनासम्मका १३ हजार १ सय ४८ जना बालबालिकालाई आवश्यक सम्पूर्ण खोपहरू उपलब्ध गराइएपछि जिल्लालाई पूर्ण खोप दिगोपन सुनिश्चितता’ जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर हरिश प्रसाद भट्टले जानकारी दिए ।

पहिलोपटक सन् २०७२ साल असार ६ गते बैतडीलाई नेपालमै सातौँ ‘पूर्ण खोप जिल्ला’ घोषणा गरिएको थियो । त्यसयता प्रत्येक वर्ष दिगोपनको मूल्याङ्कन गरी सुनिश्चितता घोषणा गरिँदै आएको छ ।

उक्त अवसरमा जिल्लाका १० जना उत्कृष्ट स्वास्थ्यकर्मीलाई प्रमाणपत्र, दोसल्ला तथा नगदसहित सम्मान गरिएको थियो ।

यस्तै, वडा र गाउँपालिका तहमा खोप सुनिश्चितता घोषणा भइसकेका क्षेत्रका स्वास्थ्य प्रमुखहरूलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निमित प्रमुख डा. खगेन्द्रबहादुर बमले पूर्ण खोप दिगोपनको प्रमाणपत्र जिल्ला खोप समन्वय समितिका प्रमुख खगेन्द्र सिंह धामिलाई हस्तान्तरण  गरेर गर्नुभयाे ।

हाल बैतडीमा ३ सय २४ वटा खोप केन्द्र सञ्चालनमा छन्। यस्तै  १० वटै स्थानीय तहमा खोप भण्डारणका लागि उपकेन्द्र स्थापना गरिएका समेत स्वास्थ्य कार्यालय बैतडीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्