images
images

बैतडी सहित सुदूरपहाडमा हरेली संक्रान्ति मनाइँदै

बैतडी –साउने संक्रान्तिलाई बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा हरेली संक्रान्तिका रुपमा मनाइदै छ ।

साउने संक्रान्तिलाई हरेली संक्रान्तिका रुपमा मनाउने प्रचलन रही आएको स्थानीय संस्कृतिका जानकार शिवराज भट्टले बताए ।

खेतबारीमा फलेको मेलको हाँगा गाडेर हरेलो हाल्ने चलन रही आएको उनले बताए ।

हरेलो हालेपछि खेतबारीमा अन्न उत्पादनमा वृद्धि हुने जनविश्वास रही आएको छ । खास गरेर धान खेतमा हरेलो हाल्ने चलन रही आएको भएपनि कतिपय ठाउँमा मकैबारीमा समेत हरेलो हाल्ने चलन रहेको भट्टले बताए ।

बर्खे बालीलाई नोक्सान नहोस भनेर हरेलो हाल्ने चलन रही आएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए ।

अन्नबालीलाई विभिन्न रोगकिरा तथा जंगली जनावरबाट जोगाउन सकिन्छ भन्ने मान्यतासहित हरेलो हाल्ने संस्कृति रहेको भट्टले बताए ।

तर पछिल्लो समयमा खेतबारीमा ‘हरेलो’हाल्ने चलन भने हराउँदै गएको छ । साउने संक्रान्तिमा नुवाइधुवाइ गरेर खेतबारीमा फलेको मेलको हाँगा गाडेर हरेलो हाल्ने चलन रही आएको छ ।

यस्तै घरघरमा साँझको समयमा स्थानीय भाषामा झिझरीकाँडी भनिने कुरिलो राख्ने चलन रही आएको छ ।

घरको मूलढोकामा झिझरीकाँडी अर्थात कुरिलो राख्ने चलन रही आएको हो ।
मूल ढोकामा कुरिलो राखेमा विभिन्न रोगब्याधी र कष्टबाट मुक्ति पाइने मान्यता रही आएको छ ।

यस्तै मूल ढोकामा झिझिरकाँडी राखेमा भूतप्रेत र राक्षसहरुको डर नहुने मान्यता रही आएको छ ।

प्रतिक्रिया दिनुहोस्