बैतडी– बैतडीकाे भुवनेश्वर मावि गाेयलीमा शान्ति पाठ गरिदै छ ।
जिल्लाकाे सुर्नया गाउँपालिका वडा नं ३ गाेयलि स्थित भुवनेश्वर माध्यमिक विद्यालयमा शान्ति र सद्भाव ल्याउनका लागि भाेलि शान्ति पाठ गरिन लागेकाे हाे ।
विद्यालयमा देखिएका धार्मिक समस्या समाधानका लागि सत्यनारायण पूजा तथा शान्ती पाठकाे महत्वपूर्ण आध्यात्मिक समारोह आयाेजना गरिएकाे विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिष्णु भट्टले बताए ।
सबैकाे मानसिक, शारीरिक र आध्यात्मिक स्वास्थ्यको लागि याे कार्यक्रमकाे आयाेजना गरिएकाे उनले बताए ।
शुक्रबार बिहान ८ बजे सत्यनारायण पूजा तथा शान्ति पाठकाे आयाेजना गरिएकाले सबैलाई उपस्थित भइ प्रसाद ग्रहणका लागि अध्यक्ष भट्टले आग्रह गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्