बैतडी– बैतडीकाे बासुलिङ मन्दिरका लागि भाँडावर्तन खरिद गरिएकाे छ ।
मन्दिर परिसरमा हुने पशुबलिका लागि चाहिने आवश्यक भाँडावर्तन खरिद गरिएकाे हाे ।
पशुबलि हुँदा आवश्यक पर्ने सम्पूर्ण भाँडावर्तन खरिद गरिएका बासुलिङ धार्मिक सेवा समिति अध्यक्ष गणेश दत्त भट्टले जानकारी दिनु भयाे ।
बासुलिङ मन्दिरमा सयाैँकाे संख्यामा पशुबलि हुने गर्दछ । तर आवश्यक सामग्री नहुँदा समस्या हुने गरेकाे थियाे ।
भाँडावर्तन लगायतका सामग्री नहुँदा मन्दिरमा पशुबलि गर्न आउने भक्तजनहरुलाई समस्या हुने गरेकाेमा अब उपरान्त सहज हुने बासुलिङ धार्मिक सेवा समिति उपाध्यक्ष बिनाेद प्रसाद भट्टले बताए ।
भक्तजनहरुकाे समस्यालाई मध्यनजर गरेर भाडावर्तन खरिद गरिएका भन्दै बासुलिङधार्मिक सेवा समिति सदस्य भान बहादुर चन्दले याे व्यवस्थाले धेरै सहज हुने अपेक्षा गरिएकाे बताए ।
बासुलिङ धार्मिक सेवा समितिका अनुसार चार डेक्चि, चार बाल्टी, चार कराइ ६० ओटा थाल,११ लाेटा र ८ ओटा डाडु छन् ।
यस्तै चार चाैकी, चार बन्चरा, चार खुकुरी, चार ओटा चक्खु, चार हंसिया समेत खरिद गरिएकाे छ ।
७१ हजार ६ सयका भाँडावर्तन खरिद भएका बासुलिङ धार्मिक सेवा समितिका सचिव नवराज भट्टले बताए ।

मन्दिरमा आउने भक्तजनहरुले साे भाँडावर्तन समिति सदस्यद्वय धाैलसिंह धामि र राधेश्याम भट्ट संग सम्पर्क गरेर प्राप्त गर्न सक्ने समितिका उपाध्यक्ष बिनाेदले बताए ।
धाैलसिंह धामि-९८६५ ९७२७९२
राधेश्याम भट्ट- ९८४८७१६२८५










प्रतिक्रिया दिनुहोस्