images
images

बैतडीकाे दाेगडाकेदार गाउँपालिकाकाे सार्वजनिक सुनुवाइ सम्पन्न

बैतडी– बैतडीकाे दाेगडाकेदार गाउँपालिकाले आर्थिक वर्ष २०८१-८२ को सार्वजनिक सुनुवाइ गरेको छ ।

गाउँपालिकाले साेमबार  वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ गरेको हो ।

गाउँपालिकाकाे आयाेजना तथा उदाउने मिडिया प्रालीकाे सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम  गरिएकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्नद राज जाेशीले बताए ।

गाउँपालिकाले  आव २०८१-८२मा  ५२ कराेड १३ लाख २० हजार ५ सय  अनुमानित बजेट ल्याएको थियो ।

  यसमा कुल बजेटको ८९प्रतिशत खर्च भएको छ । चालुतर्फ ८९प्रतिशत खर्च गरेको गाउँपालिकाले    पुँजीगततर्फ ८७प्रतिशत खर्च भएको वार्षिक   सार्वजनिक सुनुवाइ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै गाउँपालिकाले  आव २०८१-८२ मा एक करोड २० लाख  ९० हजार ८ सय ६७  रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।

गाउँपालिकाका  सबै शाखा प्रमुखले वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा एवं गाउँपालिकाकाे सेवाको विषयमा सवाल जवाफ भएको थियो ।

उठेका प्रशनकाे जाफ गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्की र उपाध्यक्ष  पार्वती ऐर कार्की  र शाखाका प्रमुखहरुले  कार्कीले दिनु भएकाे थियाे ।  सार्वजनिक सुनुवाइमा उपस्थित नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले गाउँपालिकाकाे  बजेट तथा सेवा प्रवाहका विषयमा प्रश्न गरेका थिए ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षले   सधै नागरिकको पक्षमा रहेर गाउँपालिकाका विभिन्न गतिविधिहरु अगाडि बढाइएको बताउनुभयो

प्रतिक्रिया दिनुहोस्