images
images

बैतडीकाे केदारआवि नाेडा लेककाे  विव्यस अध्यक्षमा डम्बर महरा सर्वसम्मत चयन

बैतडी-बैतडीकाे केदार आधारभूत विद्यालय नाेडा  लेककाे नयाँ व्यवस्थापन समिति  गठन गरिएकाे छ।

जिल्लाकाे सुर्नया गाउँपालिका वडा नं -४ स्थित श्री केदार आधारभूत विद्यालय नाेडा लेककाे साेमवार  नयाँ व्यवस्थापन समिति गठन गरिएकाे हाे ।

निवर्तमान  विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिरेन्द्र महराकाे कार्यकाल समाप्त भएपछि वडा नं ४ का अध्यक्ष एवं गाउँपालिका प्रवक्ता प्रताप महराकाे उपस्थितिमा  नयाँ  समिति गठन गरिएकाे विद्यालयका प्रधानाध्यापक जानकी महरा (साउद)ले बताउनुभयाे ।

उनका अनुसार नयाँ विद्यालय व्यवस्थापन समिति अध्यक्षमा डम्बरसिंह महरा चयन भएका छन् ।

अभिभावककाे भेलाले महराकाे अध्यक्षतामा ९ सदस्यीय समिति  सर्वसम्मत गठन गरेकाे हाे । यस्तै  सदस्यहरुमा  केशब दत्त भट्ट,उमापती महरा,लक्ष्मी  भट्ट,नन्दा महरा र धाना महरा चयन भएका छन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्षमा चयन भएका महराले विद्यालयको सर्वाङ्गिण विकासका लागि पहल गर्ने बताउनु भएकाे छ ।

कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा   गत वर्ष  गाउँपालिकाले कक्षा घटाएपछि   सेवा क्षेत्र भित्रका बालबालिकाहरुलाई समस्या भएकाे प्रधानाध्यापक महारले बताउनुभयाे ।

  ५ सम्म पढाइ हुने विद्यालय समायाेजन कार्यविधि अनुसार पालिकाले ३ मा  झारेकाे थियाे ।  कक्षा घटाएपछि भौगोलिक बनावटले यहाँका बालबालिकाहरुलाई अहिले निकै समस्या  भएकाे विद्यालय व्यवस्थापन समिति सदस्य केशबदत्त भट्टले बताए ।

बालबालिकालाई अप्ठ्यारो भएकाले पालिकाले पुर्नविचार गर्नु पर्ने उनले बताए । नयाँ शैक्षिकसत्रबाट पुनः कक्षा ५ सम्म पढाइ सुचारू  गर्नका लागि पहल गरिने उनले बताए ।

उनका अनुसार विद्यालयमा भाैतिक  विकासका साथै शैक्षिक विकासको खाँचो छ ।   विद्यालयमा शौचालय भएपनि  पानीको  समस्याले सञ्चालनमा आउन  नसकेकाे उनले बताए ।

यस्तै कृष्ण सिंह महराकाे अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ समिति समेत गठन गरिएकाे विद्यालय व्यवस्थापन समिति अध्यक्ष डम्बर सिंह महराले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्