बैतडी –बैतडीकाे पुर्चाैडी नगरपालिकामा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ।
पुर्चौंडी नगरपालिका–५ दहतोली,परगैरा घर भएकी १७ बर्षीया रश्मी बोहराको बुधबार भिरबाट लडेर मृत्यु भएको हो ।
बुधवार घर नजिकैको गलेखी भीरमा बाख्रा चराउन गएकी बोहराकाे लडेर मृत्यु भएकाे पारिवारिक स्राेतले जनाएकाे छ ।
भिरबाट झण्डै ५० मिटर तल खसेकी उनको घटनास्थलमै मृत्यु भएको स्थानीय अशोकबहादुर कुँवरले बताए ।
बोहरा भूमीराज मावि गहताडमा कक्षा १० मा अध्ययनरत थिइन् । रश्मि कलिलै उमेरमा भिरबाट लडेर अस्ताएपछि घरपरिवार साथी संगी सबै जना शाेकमग्न भएका छन् ।










प्रतिक्रिया दिनुहोस्