बैतडी- बैतडीका समाजसेवी युवा विष्टले जनप्रतिनिधिकाे स्वागत गरेका छन् ।
राेजगारीकाे सिलसिलामा भारतकाे हैदराबादमा रहेका उनले बैतडी, डडेलधुरा र दार्चुलाका जनप्रतिनिधिकाे स्वागत गरेका हुन् ।
भारतीय राजदुतावासकाे आयाेजनामा राष्ट्रिय ग्रामीण तथा पञ्चायती राज्य संस्थानमा अनुकुलित तालिमका लागि भारतकाे तेलङ्गाना हैदराबाद पुगेका जनप्रतिनिधिलाई समाजसेवी विष्टले आफू काम गर्ने हाेटेलमै लगेर भव्य स्वागत गरेका हुन् ।
बैतडीकाे दाेगडाकेदार गाउँपालिका बाँहेक नाै स्थानीय तहका प्रमुख सहित दार्चुला र डडेल्धुराका गरेर २७ जना जनप्रतिनिधि संग उनले भेट गरेका हुन् ।
जनप्रतिनिधि संगकाे साक्षातकारमा समाजसेवी विष्टले जनताकाे पक्षमा काम गर्न समेत आग्रह गरेका छन् ।
राेजगारीकाे नारा लगाएर मात्रै नहुने भन्दै उनले अब आफ्नै माटाेमा गरिखाने माहोल बनाउन जनप्रतिनिधिलाई आग्रह गरेका हुन् ।
देशमा राेजगारी नहुँदा घर खर्च चलाउन विदेश पसेका युवामा आक्राेस र निरासा देखिएकाे भन्दै उनले जनप्रतिनिधि संग आशा र भराेसायाेग्य बन्न अपिल गरेका छन् ।
वाचा गरे अनुसार विकास नहुँदा पछिल्लो समय युवा पुस्तामा राजनीतिक दल प्रति बितृष्ण पैदा भएकाे पनि उनले स्मरण गराएका छन् ।
जनतामा देखिएकाे आक्राेस र निराशालाई ध्यानमा राखेर जनसेवक भएर काम गर्न पनि उनले अनुराेध गरेका छन् ।
प्रवासमा रेहका युवाकाे काम देखेर जनप्रतिनिधि खुसि भएका छन् । भव्य स्वागतका लागि बिष्ट प्रति जनप्रतिनिधिहरुले आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेका छन् ।
जिल्लाकाे सुर्नया गाउँपालिका २ ग्वानी घर भएका समाजसेवी बिनाेद विगत एक दशक देखि भारतमा छन् । उनले आफू संगै धेरै जना गाउँ समाजका युवालाई राेजगारी दिएका छन् ।
समस्यामा परेका हरेक नेपालीकाे समस्या समाधानका लागि अग्रस्थानमा देखिने विष्ट युवामाझ लाेकप्रिय छन् ।
उनले जनप्रतिनिधि संगकाे भेटमा गरेकाे कुराकानी
विनाेद : नमस्कार ! सबै जनालाई स्वागत छ ।
जनप्रतिनिधि : धन्यवाद नमस्कार के छ? तपाँहरुकाे खबर
विनाेद : देशमा राेजगारी पाइदैन प्रदेशमा दुः ख भए पनि मिलिजुलि बसेका छाैँ।
जनप्रतिनिधि : घर तिर जानू हुन्न तपाईंहरु कहिले आउनुहुन्छ?
विनाेद :प्रदेशि जीवन न भयाे चाँडपर्वमा समेत छुट्टी मिल्दैन । देशमै बस्ने रहर कस्लाई नहाेला र? देशको अवस्था देखि हाल्नु भयाे पेट पाल्नै पर्याे । भोटकाे सहि सदुपयोग गर्नु आउँछौ।होला!
विनाेद : जनप्रतिनिधि काम गर्दैनन् आफू मात्रै बने
जनप्रतिनिधि : सकेको जति त गरेकै छौ, आफू भन्दा पनि गाउँ ठाउँकाे विकासमा जुटेका छाैँ।
विनाेद: जनता सचेत भैसके अहिले,काम गर्ने नगर्नेकाे मुल्यांकन हुन थालेकाे छ ।
त्याे त ८४ मा देखाउछ्न कस्ले काम गरेको छ छैन भनेर ।
जनप्रतिनिधि : हुन्छ ,आउनुस,मिलेरै काम गरौंला ।
विनाेद : घर फर्किने वातावरण मिलाउनुस। जनताको बिकासमा डटेर लाग्नुहाेस , बाँकि रहेकाे समयकाे सहि सदुपयोग गरिदिनुहाेस घर अइहाल्छाैनी।
जनप्रतिनिधि: हुन्छ,हामि छुटिन्छौ? घर आएको बेला भेटनु होला।
विनाेद : मैले हाँस्दै भने हुन्छ। सेवा गर्ने मौका दिनु भयो , ८४मा भेटौला।नमस्कार !
छुट्टिने बेला विनाेद: ८४ मा के पाे हुन्छ कुन्नी अहिले प्राप्त पदकाे सहि सदुपयोग गरेर बाँकि रहेको समय जनताको पक्षमा काम गरीदिनुस।










प्रतिक्रिया दिनुहोस्