images
images

बैतडीकाे झुलाघाट नाका  शुक्रबार साँझ देखि बन्द हुने

बैतडी-बैतडीकाे झुलाघाट नाका भाेलि ९ गते  साँझ देखि  बन्द हुने भएकाे छ ।

भारतमा हुने स्थानीय निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर सीमा नाका बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । भारतको उत्तराखण्ड प्रदेशमा १२ गते  पञ्चायत, क्षेत्र पञ्चायत र जिल्ला पञ्चायतको निर्वाचन हुँदैछ ।
भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको स्थानीय निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर ९ गते साँझ देखि १२ गते साँझ सम्म ७२ घण्टा  सीमा नाका बन्द हुने जनाइएकाे छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीले बिहीबार एक सूचना जारी गरेर ९ गते साँझ  ७ बजे देखि १२ गते साँझ मतदान प्रकृया समाप्त नभए सम्म   सीमा नाका बन्द हुने जनाएकाे छ ।

हेर्नुहाेस सूचना!

प्रतिक्रिया दिनुहोस्