बैतडी-बैतडीकाे सुर्नयाका ३ जना चरेश सहित पक्राउ परेका छन् ।
प्रहरीले कैलालीको गोदावरीबाट लागू औषध चरेश सहित जिल्लाकाे सुर्नया गाउँपालिका ३ का तीन जनालाई पक्राउ गरेको हाे ।
बिहीबार राती इलाका प्रहरी कार्यालय मालाखेतीबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेकाे हाे ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रण बहादुर चन्दले गोदावरी नगरपालिका – १ भरतपुरबाट ४६९ ग्राम लागु औषध चरेश सहित ३ जनालाई पक्राउ गरिएकाे बताए ।
हिँडिरहेको अवस्थामा शङ्का लागि चेकजाँच गर्दा बैतडी सुर्नया गाउँपालिका -३ का २८ वर्षीय चन्द्र सिंह ऐरी , सोही ठाउँका २५ वर्षीय मोहन भट्ट र २५ वर्षीय महेश बिक पक्राउ परेको डिएसपी चन्दले बताए ।
यस्तै बझाङ छबिसपाथिभारा गाउँपालिका -७ का ३९ वर्षीय गगन बोहरालाई पनि पक्राउ गरेको हो । उनको साथबाट १ किलो चरेश बरामद गरिएको डिएसपी चन्दले बताए ।
पक्राउ परेका उनिहरु माथि थप अनुसन्धान भैरहेकाे बताइएकाे छ ।










प्रतिक्रिया दिनुहोस्