images
images

बैतडीकाे डिलाशैनीमा ४६ वर्षीय पुरुष मृत फेला

बैतडी –बैतडीकाे डिलाशैनीमा  एक पुरुष मृत फेला परेका छन् ।

डिलाशैनी गाउँपालिका वडा नं ३ बगडीका  अन्दाजी ४६ बर्षीय रघुबीर बोहरा मृत फेला परेकन हुन् ।

परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार बाेहराको शव शनिबार साँझ ६ बजेतिर घर नजिकैको सडक छेउमा फेला परेको हाे ।

 मृतकको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको र घटना बारे  थप              अनुसन्धान भइरहेको प्रहरी   प्रवक्ता पाण्डेयले बताए ।

प्रतिक्रिया दिनुहोस्