images
images

बैतडीमा २३ सय त्रिचालीस सवारीसाधन कारबाहीमा

बैतडी-बैतडीमा ट्राफिक प्रहरीले २३ सय बढी सवारी साधनहरुलाई कारबाही गरेको छ ।

आर्थिक वर्ष २०८१÷८२मा जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले ट्राफिक नियम उल्लंघन  गर्ने २ हजार ३ सय  ४३ सवारी साधनहरुहरुलाई  कारबाही गरेको हो  ।

ट्राफिक नियमको पालना नगरेका ती सवारी साधनहरुलाई कारवाहीको दायरमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक दशरथ नाथले बताए ।

सवारीसाधन चलाउँदा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएका, सिट बेल्ट तथा हेलमेट नलगाउने, मादकपर्दाथ सेवन गरेका, क्षमता भन्दा धेरै यात्रु बोक्ने ,तीव्रगति लगायतका नेपाल सरकारले तोकेको सवारी नियम उल्लंघन गर्ने सवारीसाधनहरु  कारबाहीमा परेका उनले बताए ।

  यस्तै ट्राफिक प्रहरीले राजस्व पनि संकफन गरेकाे छ ।

एक बर्षको अवधिमा सवारी साधन कारवाहीबाट १५ लाख ८४ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको प्रहरी सहायक निरीक्षक नाथले बताए ।

ट्राफिक नियमको  पालना भई सवारी  दुर्घटना न्यूनिकरण हाेस भन्ने हेतुले सवारीसाधन चेकजाँचम  गर्ने गरिएको   जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले  जनाएको छ ।

जिल्लाको  साहिलेक, सतबाँझ, पाटन र खोड्पेमा ट्राफिक प्रहरीको उपस्थिति छ

प्रतिक्रिया दिनुहोस्