images
images

घाइते रामचन्द्र भेट्न अस्पताल पुगे प्रचण्ड, लिए स्वास्थ्यबारे जानकारी

  बैतडी- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घाइते रामचन्द्रकाे स्वास्थ्य अवस्था बुझेका छन् ।

बैतडीकाे दाेगडाकेदार घर भएका अखिल (क्रान्तिकारी) का उपमहासचिव रामचन्द्र भट्टलाई भेटेर  प्रचण्डले  स्वास्थ्य अवस्था बुझेका हुन  ।

उनले बिहीबार अन्नपूर्ण न्युरो अस्पताल पुगेर भट्टको स्वास्थ्य  अवस्था बुझेका बताईएकाे छ  ।

साउन १२ गते सुदूरपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनबारे छलफल गर्ने क्रममा क्रान्तिकारीका पूर्व नेता भुवनसिंह विष्टले प्रहार गरेको ढुङ्गा लागेर उनी गम्भीर घाइते भएका थिए ।

चिकित्सकले भट्टको स्वास्थ्यमा सुधार हुँदै गएको र अहिले सामान्य अवस्थामा रहेको बताएको छ । यसअघि उपमहासचिव जनार्दन शर्माले भट्टको स्वास्थ्य अवस्था बुझेका थिए ।

प्रतिक्रिया दिनुहोस्