बैतडी- बैतडीको सुर्नया गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् ।
जिल्लाकाे पुर्चाेैडी नगरपालिका घर भएका बसन्त बहादुर धानुक सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका हुन् ।
केही दिन पहिला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धानुकलाई सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको थियो ।
नयाँ प्रमुख प्रशासकीय अधिकृत धानुकलाई विहिबार गाउँपालिकामा स्वागत गरिएको छ ।
गाउँपालिकामा हाजिर भएका धानुकलाई गाउँपालिकका कर्मचारीहरुले अबिर र खादा लगाएर स्वागत गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्