images
images

बासुलिङ मन्दिर परिसरमा सरसफाई

बैतडी– बैतडीकाे बासुलिङ मन्दिर परिसरमा सफाई गरिएकाे छ ।

जिल्लाकाे सुर्नया गाउँपालिका वडा नं ३ मा अवस्थित बासुलिङ देवताकाे मन्दिर परिसरमा सरसफाई गरिएकाे हाे ।

शुक्रबार बासुलिङ धार्मिक सेवा समितिका पदाधिकारी, युवा समाजसेवीहरुकाे सहभागीतामा मन्दिर परिसरमा सरसफाइ  गरिएकाे बासुलिङ धार्मिक सेवा समिति उपाध्यक्ष बिनाेद प्रसाद भट्टले बताए ।

मन्दिर परिसरका प्लास्टिक, झारपात, हिलाे-माटो हटाएर  सफा  वातावरण राख्न सरसफाइ गरिएकाे उनले बताए ।

सरसफाइ तथा पदमार्ग मर्मतमा  स्थानीयहरूले श्रमदान गरेका थिए।धार्मिक स्थललाई सफा, स्वच्छ तथा व्यवस्थित बनाउनुका साथै सर्वसाधारणमा सरसफाईप्रति सचेतना फैलाउन  सरसफाइ कार्यक्रमकाे शुभारम्भ गरिएकाे बासुलिङ धार्मिक सेवा समिति सदस्य भानबहादुर चन्दले बताए ।

आफ्नाे मन्दिर आफै बनाउँ अभियान अन्तर्गत सरसफाई गरिएकाे बताउदै उनले अब उप्रान्त सधै सरसफाईका कार्यक्रम गरिने बताए ।

यस्तै बासुलिङ मन्दिर जाने पदमार्ग समेत मर्मत गरिएकाे छ  ।सरसफाइ कार्यक्रममा उपस्थित भएकाहरुले धामी खेतमा रहेकाे प्रवेशद्वार देखि मन्दिर सम्मकाे १०० मिटर पदमार्ग मर्मत गरिएकाे बासुलिङ धार्मिक सेवा समिति सचिव नवराज भट्टले बताए।

हातले खनेर बाटाे मर्मत  गरिएकाे उनले बताए  ।
सरसफाइ कार्यक्रममा सहभागीहरुले बासुलिङ धार्मिक सेवासमितिले गरिराखेका कामकाे   प्रसंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर आयोजना गर्नुपर्ने बताएका छन्।

बाशुलिङ्ग देवतालाई  बरदानी देवताको रुपमा पूजाआजा गरिन्छ । बरदानी देवताको धाम बाशुलिङ्ग धाममा गएर  धुपबत्ति गरे मागेको  फल प्राप्ती हुने  जनविश्वास रहिआएको छ  बाशुलिङ्ग धाममा टाढा टाढाका दर्शनार्थीहरु दर्शनका लागि आउने  गरेका  छन् ।

अहिले श्रावण महिनामा धुपदिप, पूजापाठ गर्ने दर्शनार्थीकाे   मन्दिरमा घुईँचाे लागेकाे समिति सदस्य धाैलसिंह धामीले बताए ।

बाशुलिङ्ग धाममा चाेखाे भाेकाे भएर धुपबत्ति गरे मागेको फल प्राप्ती हुने जनविश्वास रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस्