images
images

बैतडीकी भागरथी ३ दिन देखि बेपत्ता

बैतडी– बैतडी।बैतडीमा एक महिला बेपत्ता भएकी छिन्।

जिल्लाको सिगास गाउँपालिका -४सिराडीकि  २७ वर्षीया भागरथी साउँद गएको  तीन दिनदेखि बेपत्ता रहेकी हुन्।

आफन्त चन्द्रसिह साउँदका अनुसार यही साउन १५ गते राती केहि नगद र लुगाकपडा सहित घरबाट गएकी  भागरथी अहिले सम्म सम्पर्कमा आएकी छैन्न ।

साेधपुछ  गर्दा भागरथी माइतमा पनि नरहेको बताइएकाे छ। उनलाई कहिंकतै देखेमा ९८६५६७६५७४ नम्बरमा फोन वा नजिकको प्रहरी चौकीमा सम्पर्क गरीदिन  आफन्तहरुले आग्रह गरेका छन् ।

भारतमा रहेका भागरथीका श्रीमान धनबहादुर साउँदले भागरथीको खोजी गरिदिन आग्रह गरेका छन्।

भागरथीको घरमा तिन छोरी र एक छोरा रहेका छन्।

   बेपत्ता भागरथीकाे तस्बिर

प्रतिक्रिया दिनुहोस्