images
images

बैतडीकाे डिलाशैनीका १३ वर्षिय  किरणकाे करेन्ट लागेर  मृत्यु

बैतडी -बैतडीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको डिलाशैनी गाउँपालिका ३ गिरीबगरका केशब कोलीका १३ वर्षीय छोरा किरण कोलीकाे करेन्ट लागेर मृत्यु भएको  हाे ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार   शनिबार दिउँसो स्थानीय डिन्नीगाड खोलमा बालुवा संकलन गरिरहेका किरण नजिकै रहेको विद्युतको पोलमा छोइदा गम्भीर घाइते भएका थिए ।

घाइते किरणलाइ उपचारको लागी गोकुलेश्वर अस्पताल पुर्याएपनि  चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरी प्रबत्ता पाण्डेयले बताए ।

प्रतिक्रिया दिनुहोस्