images
images

माओवादीबाट निर्वाचित वडा अध्यक्ष विष्टले गरे जन्मदिनकाे अवसरमा विद्यालयमा अक्षयकोष स्थापना

बैतडी– बैतडीमा माओवादीबाट निर्वाचित वडा अध्य विष्टले जन्मदिनकाे अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

स्थानीय तहकाे निर्वाचनमा  नेपाल कम्युनिस्ट पार्टी नेकपा माओवादी केन्द्रबाट जिल्लाकाे  पाटन नगरपालिका वडा नं ८ काे वडा अध्यक्षमा निवार्चित  अध्यक्ष  हरिस बिष्टले  विद्यालयमा २५ हजार रुपैयाको अक्षयकोष स्थापना गरेका हुन्।

जन्मदिनको अवसर पारेर वडा अध्यक्ष बिष्टले सोही वडाको जनता मावि आरुबाटामा २५ हजार रुपैया बराबरको ‘वडा अध्यक्ष अक्षयकोष’ स्थापना गरिएकाे वडा अध्यक्ष विष्टले बताए ।

जनता माविका विव्यस अध्यक्ष दिवान सिंह बिष्ट, प्रद्यानाध्यापक बिर्खराज अवस्थीलाई वडा अध्यक्ष बिष्टले उक्त रकम बराबरको चेक हस्तान्त्रण गरेका हुन् ।
उक्त रकमबाट आउने ब्याज बराबरको रकम उक्त विद्यालयमा अध्यायन गर्ने गरिब, असहाय, अनाथ तथा टुहुरा बालबालिकाहरु छनौट गरि छात्रवृत्ति प्रदान गरिने छ ।
वडा नं ८ मा अध्यक्षको रुपमा निर्वाचित भएपछि कार्यभार समाल्दै बिष्टले आफुले पाउने सेवासुविधाबाट एक महिनाको पारीश्रमिकको रकम असहाय, गरिब, टुहुरा, जेहेन्दार बालबालिकाहरुलाई सहयोग गर्ने प्रतिवद्धतासहितको निर्णय गरेका थिए ।

सोही प्रतिवद्धता अनुसार विद्यालयमा अक्षयकोष स्थापना गरिएको बिष्टले बताए ।

यसअघिका वर्षहरुमा यस वडामा रहेका विद्यलयमा हुने कार्यक्रमहरुमार्फत विद्यार्थीहरुलाई सहयोग रकम तथा शैक्षिक सामाग्री वितरण गर्ने गरेका थिए । यस वर्षदेखि अक्षयकोष स्थापना गरेका हुन् ।

आगामी वर्षमा अर्काे विद्यालयमा अक्षयकोष स्थापना गर्ने अध्यक्ष बिष्टले बताए।

प्रतिक्रिया दिनुहोस्