बैतडीकाे बासुलिङ मन्दिर जाने बाटाे मर्मत गरिएकाे छ ।
जिल्लाकाे सुर्नया गाउँपालिका वडा नं ३ मा अवस्थित बासुलिङ देवताकाे मन्दिरमा जाने बाटाे मंगलबार मर्मत गरिएकाे हाे ।
शुक्रबार बासुलिङ धार्मिक सेवा समितिका पदाधिकारी, युवा समाजसेवी प्रहहरी र अन्य भक्तजनहरुले बासुलिङ धाममा जाने बाटाे मर्मत गरेका बासुलिङ धार्मिक सेवा समिति उपाध्यक्ष बिनाेद प्रसाद भट्टले जानकारी दिए ।
मन्दिर जानेबाटाेमा खाल्डाखुल्डी परेर भत्किएर भक्तजनहरुलाई आवतजावतमा असहज भएकाले बाटाेहरु मर्मत गरिएकाे उनले बताए । उनका अनुसार सरसफाई तथा बाटाे मर्मत कार्यक्रममा सतबाँझ प्रहरीचाैकीका सुरक्षाकर्मी,समितिका पदाधिकारी, सुर्नया गाउँपालिकाले स्वराेजगार कार्यक्रम अन्तर्गत खटाएका कामदार लगायत अन्य स्थानीय भक्तजनहरुकाे सहभागिता थियाे ।
सरसफाइ तथा पदमार्ग मर्मतमा स्थानीयहरूले श्रमदान गरिराखेका छन् । गत हप्तापनि बासुलिङ मन्दिर परिसरमा सफाई गरिएकाे थियाे । धार्मिक स्थललाई सफा, स्वच्छ तथा व्यवस्थित बनाउनुका साथै सर्वसाधारणमा सरसफाईप्रति सचेतना फैलाउन सरसफाइ कार्यक्रमकाे शुभारम्भ गरिएकाे भन्दै बासुलिङ धार्मिक सेवा समिति सदस्य भानबहादुर चन्दले अब निरन्तर कार्यक्रम भैइरहने बताए ।
आफ्नाे मन्दिर आफै बनाउँ अभियान सञ्चालन गरेर प्रत्येक हप्ता सरसफाइ भैराखेकाे समितिका उपाध्यक्ष भट्टले बताए ।
बाशुलिङ्ग देवतालाई बरदानी देवताको रुपमा पूजाआजा गरिन्छ । बरदानी देवताको धाम बाशुलिङ्ग धाममा गएर धुपबत्ति गरे मागेको फल प्राप्ती हुने जनविश्वास रहिआएको छ ।
बाशुलिङ्ग धाममा टाढा टाढाका दर्शनार्थीहरु दर्शनका लागि आउने गरेका छन् । बाशुलिङ्ग धाममा चाेखाे भाेकाे भएर धुपबत्ति गरे मागेको फल प्राप्ती हुने जनविश्वास रहिआएको छ ।










प्रतिक्रिया दिनुहोस्