images
images

लगातारकाे वर्षाले बैतडीकाे तडीगाउँमा एक घर भत्कियाे

बैतडी– बैतडीमा एक घर भत्किएको छ ।

लगातारको वर्षाले जिल्लाकाे सुर्नया गाउँपालिका वडा नं ३ तडीगाउँ गैर बस्ने धर्मे भट्टकाे  दुईतले  ढुङ्गाकाे कच्ची घर भत्किएको हो ।

अविरल वर्षाका कारण  शुक्रबार विहान भित्र पानी पसेर पूर्णरूपमा  घर भत्किएकाे अस्थाई प्रहरी पाेष्ट सतबाँझका इन्चार्ज अम्बादत्त  जाेशीले जानकारी दिए ।

  घर भत्किएको समयमा भित्र कोही नरहेकाले मानवीय क्षति नभएकाे उनले बताए ।

   ठूलो पानी  परेर भित्ताहरुमा क्षति पुगेपछि घरनै पूर्णरुपमा भत्किएकाे छ ।

घर भत्किएपछि भट्ट परिवार  अहिले आफन्तकाे घरमा बसेकाे प्रहरी इन्चार्ज जाेशीले बताए  ।

घर भत्किएपछि आफुहरुलाई बसाेबासका लागि समस्या भएकाे घरधनी भट्टले  बताए ।

प्रतिक्रिया दिनुहोस्