images
images

कैलाश माविका शिक्षक भट्टराईले गरे जन्मदिनकाे अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बैतडी– बैतडीकाे कैलाश माविका शिक्षकले जन्मदिनकाे अवसरमा शैक्षिक सामग्री वितरण गरेका छन् ।

जिल्लाकाे पाटन नगरपालिका वडा नं १ डैंसिली स्थित कैलाश माविमा कार्यरत शिक्षक रामदत्त  भट्टराइ रितिकले  आफ्नाे जन्मदिनकाे अवसर पारेर विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।

उनले साेमवार आफैले कार्यरत विद्यालयका २६ जना विद्यार्थीलाई  शैक्षिक सामग्री दिएका हुन् ।  उनका अनुसार शिशु देखि  कक्षा १० सम्म कक्षा प्रथम र स्कुल प्रथम,द्वितीय ,तृतीय सहित टुहुरा ,जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएकाे छ ।

पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खर्चिएर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेका बेला शिक्षक भट्टराईले शैक्षिक विकास हाेस भनेर विद्यार्थी संग जन्मोत्सव मनाएका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बैतडी उपाध्यक्ष समेत रहेका  सामाजिक भावना  भएका शिक्षक भट्टराईले  आफ्नो जन्मदिनको खर्च विद्यार्थीको शैक्षिक विकासका लागि खर्च गर्न पाउँदा  खुसि लागेकाे बताए ।

विद्यार्थीलाई   कापी  र कलम वितरण  गरेका हुन् ।
जन्मदिनको अवसरमा सानो भएपनि सहयोग गर्न पाउँदा आफुलाई खुसिको अनुभुति भएको उनको भनाई थियो ।

शिक्षकले यसरी जन्मदिन मनाउँदा विद्यालयका विद्यार्थीहरू र उनका अभिभावकहरूले सराहना गरेका छन् ।

यस कार्यक्रमले विद्यालयका विद्यार्थीहरूलाई थप उत्साह र शिक्षा प्रतिको लगाव जागृत गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्