images
images

बैतडीका एक जना चितुवाकाे छाला सहित पक्राउ

बैतडी– बैतडीका एक जना चितुवाकाे छाला सहित प्रकाउ परेका छन् ।

जिल्लाकाे पुर्चाैडी नगरपालिका वडा नं ७ का भानसिंह ऐर चितुवाको छाला सहित पक्राउ परेका हुन् ।

दार्चुला  प्रहरीले शैल्यशिखर नगरपालिका-३ कर्कलेबाट मंगलबार  दिउँसो उनलाई चितुवाकाे छाला सहित  पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रवक्ता छत्रहादुर रावतले जानकारी दिए ।

विशेष सूचनाकाे आधारमा ऐरलाई    अबैध छाला सहित पक्राउ गरिएकाे उनले बताए । पक्राउ परेका ऐरमाथि थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्