images
images

पहिराेले अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्याे

बैतडी — पहिराेले अवरुद्ध  जयपृथ्वी राजमार्ग खुलेकाे छ । बैतडीकाे सुर्नया गाउँपालिका–७ भन्ज्याङ नजिक हिजो राति २ बजेतिर सडकमाथिबाट पहिरो खसेर  पूर्ण रूपमा अवरुद्ध बनेको   राजमार्ग विहान १० बजे देखि खुलेकाे हाे ।

सडक डिभिजन कार्यालय बैतडीको एक्स्काभेटरले बिहानै पहिरो सफा गरेपछि रोकिएका सवारीसाधन गन्तव्यतिर गइसकेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

पहिराेले बेलाबेला जयपृथ्वी राजमार्ग हुँदा यात्रुहरुले सास्ती भाेग्नु परेकाे छ ।

प्रतिक्रिया दिनुहोस्