बैतडी-बैतडीको शिवनाथ गाउँपालिकामा राष्ट्रिय परिचय पत्रको विवरण संकलन कार्य शुरु भएकाे छ ।
आजदेखि शिविर नै सञ्चालन गरेर विवरण संकलन कार्य शुरु भएकाे हाे ।
भदौ २४ गतेसम्म गाउँपालिकाको कार्यालयमा राष्ट्रिय परिचयत्र पत्रको विवरण संकलन हुने गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए।
सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि गाउँपालिकाले विवरण संकलनका लागि दर्ता शिविर सञ्चालन गरेको हो।
राष्ट्रिय परिचयपत्र बनाउनका लागि जेष्ठ नागरिकहरुलाई सदरमुकामसम्म पुग्न समस्या हुने भएकाले गाउँपालिकामै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्ने कार्य शुरु गरिएको गाउँपालिका अध्यक्ष साउँदले बताए।
जिल्ला प्रशासन कार्यालयको प्राविधिक सहयोग र गाउँपालिकाको आयोजनामा शिविर सञ्चालन भइरहेको हो।
जिल्लाका सबै स्थानीय तहमा शिविरमार्फत राष्ट्रिय परिचयपत्रको विवरणको काम संकलन गरिने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए।










प्रतिक्रिया दिनुहोस्