बैतडी-बैतडीकाे भाैनेली स्वास्थ्यचाैकीकाे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएकाे छ ।
जिल्लाकाे सुर्नया गाउँपालिका वडा नं -४ स्थित भौनेली स्वास्थ्य चौकिकाे आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार सम्पन्न भएकाे हाे ।
कार्यक्रममा स्वास्थ्य व्यवस्थापन समिती अध्यक्ष एवं वडा अध्यक्ष प्रताप महरा, सुर्नया गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामसिंह महरा,विभिन्न राजनितीक दलका प्रतिनिधि,महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालाको उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा स्वास्थ्य चाैकी प्रमुख सुरेन्द्र महराले आय व्य प्रस्तुत गरेका थिए । उनले आन्तरिक श्रोत र अनुदान बाफतको जम्मा १ लाख ५१ हजार ३३रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छ्न् ।
इन्चार्ज महराले बार्सिक कार्य प्रगतिर र कार्ययोजना प्रस्तुत गर्दै,स्वास्थ्य मन्त्रालयको मपदण्द अनुसारको भवन नभएको,एम्बुलेन्स सेवा न भएको सोलार ब्याकअप नभएको,खोप क्लिनिक र गाउघर क्लिनिक सन्चालनको लागि आवस्यक भवन नभएकाे कार्यालय खर्च एवं व्यवस्थापन खर्चकाे समेत समस्या हुने गरेकाे बताए ।
यस्तै भौनेली स्वास्थयचौकीबाट ४ हजार बढीले सेवा लिएका छन् । बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै उनले एक वर्षकाे अवधिमा ४ हजार ३ सय ८० जनाले सेवा लिएका बताए।
स्वास्थ्यचौकीको सेवा क्षेत्रभित्र मातृ स्वास्थ्य सेवा, नवजात शिशु सेवा, खोप सेवा, पोषण सेवा, परिवार नियोजन सेवा लगायतका सेवाहरु प्रदान गरिएका महराले बताए ।
स्वास्थ्यचौकीले आफ्नै पहलमा टोलटोलमा पुगेर नसर्ने रोगको पहिचानका लागि घरधुरी अभियान सञ्चालन गरेको उनले बताए । कार्यक्रममा बाेल्दै स्वास्थ्य साखा प्रमुख रामसिंह महराले भौनेली स्वास्थ्य चौकीमा देखिएका समस्या को सामाधान को लागि शाखाबाट र पालिकबाट विशेष भुमिका रहने बताए ।
साथै उनले स्वास्थ्य चौकीले राम्रा काम गरेकोमा धन्यवाद समेत ज्ञापन गरेका छन् ।कार्यमुल्यांकन र सेवा प्रवाहमा भौनेली स्वास्थचौकी पालिककै उत्कृष्ट र जिल्लामा पनि सम्मानित हुँदै आएकाे छ ।
यस्तै सार्वजनिक सुनुवाइ कार्यक्रममा स्वास्थ चौकिमा कार्यरत कार्यालय सहयोगि जय देब भट्ट सम्मानित भएका छन् ।
स्वास्थ्य संस्थामा उत्कृष्ट काम गरेबाफत उनलाई सम्मान पत्र सहित सम्मान गरिएको स्वास्थ्य चाैकी प्रमुख महराले बताए ।










प्रतिक्रिया दिनुहोस्