बैतडी–बैतडीबाट सिल्की ग्रेडिङ चामलको नमूना संकलन गरिएकाे छ।
उपभोक्तहरुकाे गुनासाे पछि आइतबार परीक्षणका लागि चामलकाे नमुना संकलन गरिएकाे हाे ।
जिल्लाको सुर्नया गाउँपालिका–२ स्थित स्यागैर बजारबाट किनेको चामलमा प्लास्टिक भएको उपभोक्ताले आशंका गरेपछि नमूना संकलन गरेर परीक्षणका लागि खाद्य प्रयोगशाला धनगढीमा पठाइएको छ ।
परीक्षणका लागि चामलकाे नमूना संकलन गरेर धनगढी पठाइएकाे खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका बैतडीका प्रमुख ललित कठायतले जानकारी दिए ।
सुर्नया गाउँपालिका–२ ग्वानीका एकजना उपभोक्ताको गुनासो प्राप्त भएपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार जनप्रतिनिधिसहितको रहोबरमा चामलको नमूना संकलन गरिएको र परीक्षणका लागि धनगढी पठाइएको कठायतले बताए ।
नमूना परीक्षण पश्चात कैफियत देखिएमा ऐन अनुसार कारवाही हुने कठायतले बताए ।










प्रतिक्रिया दिनुहोस्