बैतडीबाट सिल्की ग्रेडिङ चामलको नमूना संकलन, परीक्षणका लागि धनगढी पठाइयाे

बैतडी–बैतडीबाट सिल्की ग्रेडिङ चामलको नमूना संकलन गरिएकाे छ।

उपभोक्तहरुकाे गुनासाे पछि आइतबार  परीक्षणका लागि चामलकाे नमुना  संकलन  गरिएकाे हाे ।

जिल्लाको सुर्नया गाउँपालिका–२ स्थित स्यागैर बजारबाट किनेको चामलमा प्लास्टिक भएको उपभोक्ताले आशंका गरेपछि नमूना संकलन गरेर परीक्षणका लागि खाद्य प्रयोगशाला धनगढीमा पठाइएको  छ ।

परीक्षणका लागि चामलकाे नमूना संकलन  गरेर धनगढी पठाइएकाे खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका   बैतडीका   प्रमुख ललित कठायतले जानकारी दिए ।

सुर्नया गाउँपालिका–२ ग्वानीका एकजना उपभोक्ताको गुनासो प्राप्त भएपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार जनप्रतिनिधिसहितको रहोबरमा चामलको नमूना संकलन गरिएको र परीक्षणका लागि धनगढी पठाइएको कठायतले बताए ।

नमूना परीक्षण पश्चात कैफियत देखिएमा ऐन अनुसार कारवाही हुने कठायतले बताए ।

प्रतिक्रिया दिनुहोस्

images
निको खबर
images
SKIP THIS