images
images

बैतडीका समाजसेवी विष्ट सहित ६० जना रास्वपामा प्रवेश

बैतडी- बैतडीका समाजसेवी विष्ट सहित ६० जना रास्वपामा प्रवेश गरेका हुन् ।

जिल्लाकाे सुर्नया गाउँपालिका वडा नं २ घर भइ हाल राेजगारीकाे सिलसिलामा भारतकाे हैदरावादमा रहेका समाजसेवी विनाेद बहादुर विष्ट आइतबार   रवि लामिछाने नेतृत्वको   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका हुन्।

उनी संगै बैतडी सहित विभिन्न जिल्लाका ६० जना युवा रास्वपामा आवद्ध भएका बताइएकाे छ ।

रोजगारीको सिलसिलामा भारतको हैदरवादमा रहेका आफूसहित बैतडीका ४० जना र थप अन्य जिल्लाका गरेर ६० जनाले सदस्यता लिएर पार्टीमा प्रवेश गरेको बिष्टले बताए ।

प्रवासबाटै विभिन्न सामाजिक काममा सक्रिय रहेका बिष्टले पार्टीमा लागेर समाज परिवर्तनका लागि काम गर्ने बताए ।

पार्टीको राज्यका भेलाका लागि हैदरावाद पुगेका रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, प्रमुख सचेतक सन्तोष परियार,कोषाध्यक्ष लिमा अधिकारी लगायतले प्रवास रहेका युवाहरुलाई पार्टीमा प्रवेश गराएको जोशीले बताए ।

पछिल्लो समय रास्वपामा प्रवेश गर्नेकाे संख्या बढ्दै गएकाे छ ।

देशमा सुशासन र समृद्धि दिन पुराना पार्टीहरू असफल भएका भन्दै नागरिकहरु अहिले धमाधम रास्वपा प्रवेश गरिरहेका रास्वपाका नेताहरुकाे भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्