images
images

बैतडीकाे विजयपुर स्वास्थ्यचाैकीमा कार्यरत अनमी मृत फेला

 मृत फेला पर्नेमा पुर्चौंडी नगरपालिका–१० स्थित विजयपुर स्वास्थ्यचौकीमा कार्यरत अन्दाजी २४ बर्षीया अनमी भागरथी कुँवर रहेकी छिन।

बस्ने कोठामा आइतबार राति ८ बजेतिर  कुँवर झुण्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी   कार्यालय बैतडीका प्रवक्ता बलराम पाण्डेयले बताए ।

मृतक कुँवरका श्रीमान नेपाली सेनामा कार्यरत रहेक र गत वैशाखमा मात्रै  उनिहरुकाे विवाह भएकाे थियाे ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्