बैतडी– बैतडीका बल्ड क्यान्सर पीडित विष्टले सहयाेगका लागि अपिल गरेका छन् ।
जिल्लाकाे सुर्नया गाउँपालिका २ ग्वानी घर भई हाल कञ्चनपुरकाे कृष्णपुर नगरपालिका १ बस्ने १८ वर्षिय बल्ड क्यान्सर पीडित महेन्द्र बहादुर विष्टले उपचारका लागि आर्थिक सहयाेग गर्न सबैलाई अपिल गरेका हुन् ।
उनकाे अहिले काठमाडौं स्थित वीर अस्पतालमा उपचार भैरहेकाे समाजसेवी युवा बिनाेद बहादुर विष्टले बताए ।
विष्टकाे परिवारको आर्थिक अवस्था निकै कम्जोर भएकाले उपचारमा समस्या भएकाे भन्दै उनले सबैलाई सहयाेग गरिदिन अनुराेध गरेका छन् । भारतकाे हैदराबादमा रहेका समाजसेवी विष्टले समाजिक सञ्जाल फेसबुक मार्फत विष्टकाे जीवन रक्षाका लागि आर्थिक संकलन अभियान चलाएका छन् ।
विष्टलाई सहयाे गर्नका लागि तल दिएकाे QR स्क्यान गरेर गर्न सकिने छ ।











प्रतिक्रिया दिनुहोस्