बैतडी–बैतडीकाे सुर्नयाकाे कठमडामा देउडा कार्यक्रम हुने भएकाे छ ।
गाैरापर्वकाे अवसरमा यहि भदाै १६ देखि १९ गते सम्म कठमडामा देउडा कार्यक्रम हुने भएकाे हाे ।
गाउँपालिकाकाे वडा नं ७र८ स्थित गौरा ब्यबस्थापन समितिकाे आयाेजनामा देउडा कार्यक्रम हुने गाैरा व्यवस्थापन समिति सचिव राम बहादुर विष्टले बताउनु भयाे ।
स्थानीय कला र संस्कृतिको संरक्षण गर्नका लागि देउडा कार्यक्रमकाे आयाेजना गरिएकाे उनले बताए ।
सुर्नया घर भई ल राेजगारिकाे सिलसिलामा प्रवासमा रहेका संसकृति प्रेमि युवाहरुकाे आर्थिक सहयाेगमा देउडा कार्यक्रम राखिएकाे उनले बताए ।
युवाहरुको देउडा प्रति आकर्षण बढाउनका लागि कार्यक्रमकाे आयाेजना गरिएकाे उनले बताए।
युवा जनशक्तिहरू आफ्नो संस्कृति छोडेर बाह्य संस्कृतिसँग आकर्षित हुँदा देउडा पनि लोप हुँदै गएकाले आफूहरूले युवाहरूको आकर्षण बढाउन कार्यक्रमकाे आयाेजना गरेकाे सचिव विष्टकाे भनाई छ ।
कार्यक्रममा देउडिया कलाकारहरुलाई खादा,माला प्रमाण पत्र र नगद सहित उच्च सम्मान गरिने गाैरा व्यवस्थापन समिति अध्यक्ष डब्ल साउदले बताए ।
उनका अनुसार देउडा कार्यक्रममा पशुपति पाणडेय भट्ट, जगदिश भट्ट,कमला साउद ,कृष्ण रतोकी,कमला विष्ट, मदन ऐरि , भास्कर पन्त , रामे धामी,अनि लुहार,लक्ष्मी बोहरा र शेर बहादुर साउद लगायत अन्य स्थानीय कलाकार हरुको बेजोड प्रस्तुती रहने छ ।
कार्यक्रममा सबैलाई उपस्थितिका लागि अनुराेध पनि गरिएकाे छ ।
सम्पर्कका लागि गाैरा व्यवस्थापन समिति अध्यक्ष डब्ल साउद (९८६०१६२५९५
सचिव- राम बहादुर विष्ट(९७६३८४७००७)










प्रतिक्रिया दिनुहोस्