बैतडी– बैतडीकाे हरिचन सामुदायिक स्वास्थ्यइकाई पहिराेकाे जाेखिममा परेकाे छ ।
जिल्लाकाे सुर्नया गाउँपालिका वडा नं ५ स्थित हरिचन सामुदायिक स्वास्थ्यइकाई पहिराेकाे जाेखिममा रहेकाे हाे ।
अविरल वर्षाका कारण अगाडिकाे आगन भासिएर भवन पहिराेकाे उच्च जाेखिममा परेकाे स्वास्थ्यइकाईका अहेब हिक्मत बहादुर महराले जानकारी दिनुभयाे ।
आगन भासिएर पहिराे जाँदा स्वास्थ्ययकाे भवन भत्किने अवस्थामा पुगेकाे अहेब महराले बताउनु भयाे ।
लगातार वर्षाका कारण भवन भत्किने खतरा बढेपछि स्वास्थ्यकर्मी डराएर बस्न बाध्य छन् ।










प्रतिक्रिया दिनुहोस्