images
images

बैतडीकाे राैलेश्वर मावि रामकिबरायलमा देउडा प्रतियोगिता हुँदै, प्रथम पुरस्कार दश हजार

बैतडी–   बैतडीकाे राैलेश्वर मावि रामकीबरायलमा देउडा प्रतियोगिता हुने भएकाे छ ।

  जिल्लाकाे  सुर्नया गाउँपालिका वडा नं – ५  स्थित राैलेश्वर माविमा देउडा प्रतियोगिता हुने भएकाे हाे ।

 सुर्न षा गाउँपालिकाकाे आर्थिक सहयाेग तथा लाली गुराँश उद्यमशिल महिला सञ्जालकाे आयाेजनामा दुई दिवसिय देउडा प्रतियाेगिता हुने भएकाे हाे ।

हिन्दु नारीहरुकाे महान पर्व हरितालिका तीजकाे  अवसरमा यहि भदाै ८ र ९ गते देउडा प्रतियाेगित राखिएकाे   महिला सञ्जालकि काेशाध्यक्ष  कलावती विष्टले जानकारी दिनुभयाे ।

स्थानीय कला र संस्कृतिको संरक्षण गर्नका लागि देउडा कार्यक्रमकाे आयाेजना गरिएकाे उनले  बताइन।

कार्यक्रममा देउडिया कलाकारहरुलाई खादा,माला प्रमाण पत्र र नगद सहित उच्च सम्मान गरिने महिला सञ्जालकी अध्यक्ष निर्मला महराले बताए।

प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, दोश्रो हुनेलाई ८ हजार, तेश्रो हुनेलाई ५ हजार पुरस्कार सहित सम्मान गरिने बताइएकाेछ ।

प्रतिक्रिया दिनुहोस्