images
images

बैतडीकाे मेलाैलीमा इलाका प्रशासन स्थापना हुने

बैतडी- बैैतडीकाे मेलाैलीमा इलाका प्रशासन खाेल्ने तयारी भएकाे  भएकाे छ ।

गृह मन्त्रालयले बैतडीकाे मेलाैली सहित  प्रदेशमा छ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने तयारी गरेको हाे।

दरबन्दी नबढाई विद्यमान स्रोत प्रयोग गर्ने योजनासहित देशभरी २३ वटा इलाका प्रशासन कार्यालय खोल्ने तयारी भएकोमा सुदूरपश्चिम प्रदेशमा छ वटा परेका हुन्।

बाजुरामा इलाका प्रशासन कार्यालय कोल्टी, बझाङमा इलाका प्रशासन कार्यालय देउरा, अछाममा इलाका प्रशासन कार्यालय साफेबगर, डोटीमा इलाका प्रशासन कार्यालय विपिनगर, दार्चुलामा इलाका प्रशासन कार्यालय गोकुलेश्वर र बैतडीमा इलाका प्रशासन कार्यालय मेलौली थप्ने योजना गृहको छ ।

ग्रामीण भेगमा रहेका नागरिकलाई प्रशासनिक सेवा सहज रुपमा उपलब्ध गराउने उद्देश्यले नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश भएको हो।

सोमबारको मन्त्रिपरिषदले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएको छ।

दरबन्दी वृद्धि नगरी विद्यमान स्रोतको अधिकतम प्रयोग, स्थानगत आवश्यकता र स्थानीय तहसँगको समन्वयमा सेवा प्रवाहलाई प्रभावकारी बनाउने योजना गृहको छ। नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, विपद् व्यवस्थापन, सार्वजनिक सुरक्षा लगायतका सेवा स्थानीय तहसम्म पुर्‍याउन इलाका प्रशासन कार्यालयको भूमिका अपरिहार्य मानिएको छ। यसले तल्लाे साेराड क्षेत्रका तीन पालपकाका नागरिहरुलाई सहज हुने छ ।

प्रतिक्रिया दिनुहोस्