बैतडी– बैतडीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
जिल्लाकोे दशरथचन्द नगरपालिका– ४ शाहीलेक नजिक जिप दुर्घटना भएको हो ।
गोठलापानीबाट खोड्पे जाँदै गरेको उग्रतारा यातायातको से १ ज २४५ नम्बरको जिप बुधबार दिउसो २ बजे शाहीलेक नपुग्दै इश्वरीगंगा जाने बाटोनिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देब बडूले बताए ।
दशरथचन्द नगरपालिका–४ का ३४ वर्षिय धिरेन्द्र खत्री, २१ वर्षिय लक्ष्मण नाथ, दशरथचन्द–६ का २१ वर्षिय अर्जुन महर, २२ वर्षिय भुपेश जोशी, दशरथचन्द–११ ग्वालेकका ५० वर्षिया हरिना जोशी घाइते भएका हुन् । यस्तै पुर्चौडी नगरपालिका– ४ का ३८ वर्षिया हिरा भट्ट, २३ वर्षिय जनक भट्ट, पुर्चाैडी–५ का १७ वर्षिय रिकेश पार्कि, २८ वर्षिय दिनेश पार्कि, पाटन नगरपालिका–९ का १८ वर्षिय कबिराज भट्ट , २१ वर्षिय जनक भट्ट र पाटन नगरपालिका– ३ का ४२ वर्षिय डम्मर दत्त भट्ट घाइते भएको बडूले बताए ।
घाइतेमध्ये अर्जुन, दिनेश र कबिराज गम्भिर घाइते भएका प्रहरी निरीक्षक बडूले जानकारी दिए । बाँकीको अवस्था सामान्य रहेको छ । घाइते सबैको उद्धार गरि जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।
दुर्घटनाको कारण भने खुलेको छैन् । जिप सडकबाट करिब ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिपमा चालक सहित जम्मा १३ जना सवार थिए ।
चालक रोशन भट्टलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको प्रहरी रिक्षिक बडुले बताए ।










प्रतिक्रिया दिनुहोस्