बैतडी-बैतडीमा पनि शाेक विदा दिइएकाे छ ।
जेनजी पुस्ताको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जना युवाको मृत्यु भएपछि बैतडीका विद्यालयहरुले आज शोक बिदा दिएका छन्।
जिल्लाका विद्यालयहरुले शोक वक्तव्य जारी गर्दै देशका विभिन्न भागमा भएका आन्दोलनका क्रममा विद्यार्थीहरुले ज्यान गुमाउनुपर्ने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका छन्। आन्दोलनका क्रममा विद्यार्थीहरुको ज्यान जानु निकै दुखद पक्ष भएको विद्यालयहरुले जनाएका छन्।
जेनजी पुस्ताको आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको शोकमा आज विद्यालयमा शोक बिदा रहेको विद्यालयहरुले सूचना प्रकाशन गरेर जानकारी गराएका छन्।










प्रतिक्रिया दिनुहोस्