images
images

बैतडीको सुर्नया गाउँपालिका वडा  नं -४ का अध्यक्षकाे कार्यकक्षमा तालाबन्दी

बैतडी– बैतडीको सुर्नया गाउँपालिका वडा  नं ४का अध्यक्षकाे कार्यकक्षमा तालाबन्दी गरिएकाे छ ।

युवाहरुले विभिन्न माग राख्दै बुधवार देखि अध्यक्षकाे कार्यकक्षमा  तालाबन्दी गरेका हुन ।

वडाकाे प्रत्येक टाेलमा बिरामी बोक्न स्टेचरकाे व्यवस्था गर्नु पर्ने,अहिले सम्म भएका कामकाे सार्वजनिक सुनुवाइ हुनु पर्ने  लगायतका माग अघि सारेर वडाका युवाहरुले तालाबन्दी गरेका हुन् ।

आफुहरुले बिरामी बोक्ने स्टेचरको व्यवस्था मिलाइन दिन माग राखे पनि बेवास्ता गरिएपछि वडा अध्यक्षकाे कार्यकक्षा ताला लगाइएकाे युवा प्रकाश साउदले बताए।

जनप्रतिनिधि जनसेवककाे भुमिकामा भन्दा व्यक्तिगत स्वार्थ पुरागर्न उद्दत भएकाले आन्दाेलनमा उत्रिनुपरेकाे उनले बताए ।

माग पूरा नभए सम्म ताला नखुल्ने युवाहरुकाे भनाई छ   ।

प्रतिक्रिया दिनुहोस्