images
images

बैतडीकाे सुर्नया- ५ कि एक किशोरी नदीमा मृत फेला

बैतडी– बैतडीकी एक किशाेरी मृत फेला परेकि छिन् ।

जिल्लाकाे सुर्नया गाउँपालिका–५, न्वाघरकि  १७ वर्षीया अप्सरा चन्द सुर्नया नदीमा मृत फेला परेकी हुन् ।

सुर्नया गाउँपालिका वडा ५ का अध्यक्ष केशवबहादुर बिष्टका अनुसार  चन्दको शव नदीमा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

घटनाकाे कारण नखुलेकाे र अनुसन्धान भइरहेकाे   जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बल्देब बडुले जानकारी दिनुभयो ।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी लैजाने तयारी भइरहेको छ ।

वडाकै राैलेश्वर मावि रामकी बरायलमा  कक्षा १२ मा अध्यनरत अप्सराको मृत्युपछि घरपिरवारफ साथि भाई सहित सिङ्गो गाउँनै शोकमा डुबेको अध्यक्ष विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्