बैतडी– बैतडीकाे सुर्नया गाउँपालिकाका कांग्रेस एमाले मओवादीले संयुक्तरूपमा संविधान दिवस मनाएका छन् ।
गाउँपालिकाकाे सहभाहलमा तीनै दलका नेता तथा कार्यकर्ताहरुले आज संयुक्तरूपमा संविधान दिवस मनाएका हुन् ।
नेपाली कांग्रेस का सुर्नया पालिका सभापति प्रताप महराकाे सभाध्यक्षता , कांग्रेस बैतडी उपसभापति बिरबहादुर विष्टकाे प्रमुख आतिथ्यतामा संविधान दिवस मनाइएकाे नेकपा माओवादी सुर्नया गाउँ कमिटि अध्यक्ष केशव विष्टले बताए।
तीनै दलले दिप प्रज्वलन तथा संविधानकाे रक्षाका लागि अन्तरक्रिया गरेर दिवस मनाएकाे उनले बताए ।
कार्यक्रममा नेकपा एमालेका नेता नरेन्द्र बहादुर विष्ट, नेकपा माओवादी केन्द्रका नेता जयसिंह महराकाे पनि सहभागीता थियाे ।

यस्तै सुर्नया गाउँपालिका उपाध्यक्ष मञ्जु बाेहरा, लगायत वडा अध्यक्षहरुकाे पनि उपस्थिति रहेकाे थियाे ।
संविधान दिवसमा उपस्थित नेताहरुले संविधानकाे रक्षाका लागि पुराना दलहरु एक जुट हुनु पर्ने धारणा व्यक्त गरेका छन् ।
संविधान संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो ।
२०७२साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए । वर्तमान संविधान घोषणाको एक दशक पुरा भएको छ ।
संविधान दिवस २०८२ विभिन्न कार्यक्रम गरी बैतडी सहित देशभर मनाइएकाे छ । सरकारले देशको परिवर्तीत राजनीतिक उपलब्धिको संरक्षण गर्ने मूल कानुन ‘संविधान’ जारी भएको दिनलाई देशव्यापी रुपमा मनाउन आह्वान गरेको थियाे ।










प्रतिक्रिया दिनुहोस्