images
images

बैतडीकाे तडीगाउँ घर भएका गायक बिपी भट्टकाे पीडा पाेख्दैछु नामक लाेकदाेहाेरी गीत बजारमा

बैतडी– बैतडी घर भएका गायक भट्टकाे शब्द सिर्जनामा  रहेकाे गीत सार्वजनिक भएकाे छ ।

जिल्लाकाे सुर्नया गाउँपालिका वडा नं -३ तडीगाउँ टुपादाेकान  घर भई हाल राेजगारीकाे सिलसिलामा युराेपमा रहेका गायक  बिपी भट्टकाे  पीडा पाेख्दै छु नामक लाेकदाेहाेरी गीत सार्वजनिक भएकाे हाे ।

सानै देखि गीत संगीतका पारखि भट्टकाे शब्द सिर्जनामा रहेकाे गीतमा गायिका सुनिता बुढा क्षेत्री र रुपेश न्याैपानेकाे आवाज रहेकाे छ ।

कलाकार   सन्ताेश शर्माकाे युटुव च्यानबाट शनिवार गीत सार्वजनिक भएकाे हाे ।  माला श्री स्टुडियोमा रेकर्डिङ गरिएकाे याे गीतकाे  एरेन्ज बिनाेद बाजुरालीले गरेका छन भने  गीतकाे  मिक्सिङ खडक बाजुरालीले गरेका हुन् ।

भिडियो सहित बजारमा आएकाे  गीतमा  रिना गुरुङ , सन्ताेश शर्मा र  खगेन्द्र गीरिले अभिनय गरेका छन् ।

भिडियोकाे छायांकन र निर्देशन भने सिर्जन बराल ऋषिले गरेका छन्  ।  गीतसंगीतमा रुचि राख्ने गायक भट्टले यश अघि पनि ४ ओेटा सांगीतिक काेशेली बजारमा  पस्केका थिए  ।

गायक भट्टले आफ्नै  शब्द सिर्जना र स्वरमा  २०७० सालमा   बजारमा ल्याएका तिम्राे छाेरा दुख पाउँदै छ , तिमिलाई दिम्ला बैसकाे इन्टरभ्यु, म त तिमिलाई माया गर्छु,फाेन आयाे माेबाइलमा गीत पनि लाेकप्रिय छन् ।

यी गीतमा चर्चित गायिका टिका पुन र सीता केसीले गायक भट्टलाई स्वरमा साथ दिएकी छिन् ।

एक  दशक पछि पुन गीतसंगीत क्षेत्रमा पुनरागमन गरेका भट्टले  अब निरन्तर गीत बजारमा ल्याउने बताएका छन् ।

विदेशि भूमिमा रहेर पनि नेपाली गीतसंगितकाे संरक्षण र सम्बर्द्धनमा लागि परेका भट्टले सबैबाट मायाकाे अपेक्षा गरेकाे बताएका छन् ।

गीत हेर्नका लागि तल दिएकाे लिंकमा थिच्नुहाेस https://m.youtube.com/watch?v=XJcB4Jghgdc

प्रतिक्रिया दिनुहोस्