बैतडी– बैतडीको सुर्नयामा जेन्जी जक्सन घाेषणा गरिएकाे छ ।
गाउँपालिकाका युवाहरुले जेन्जी आन्दोलन र जेन्जी शहीदहरुकाे सम्झनामा पालिकाकाे वडा नं -४ पालिगाडालाई जेन्जी जक्सन घाेषणाा गरेका हुन् ।
युवा प्रकाश साउँदकाे अगुवाइत्वमा सतबाँझ श्रीभावर सडकखण्ड अन्तर्गत पर्ने पालिगाडामा जेन्जी जक्सन नामाकरण गरिएकाे जेन्जी युवा विशाल भट्टले बताए ।
नेपालमा सत्ता नै उलटफेर गर्नेगरी भएको जेन्जी आन्दोल सफल भएपछि पालिगाडामा जेन्जी जक्सन नघोषणा गरिएकाे उनले बताए ।
जेन्जी शहीदरूको सम्झनामा जेन्जीको नेतृत्वमा सम्पन्न यस पहलले हाम्रो गाउँका युवामा सामाजिक चेतना, साहस र इतिहासप्रतिको सम्मान जगाएको समेत उनले बताए ।
यो कदम केवल नाम परिवर्तन नभएर हाम्रो शहीदहरूको बलिदानलाई सम्झने र भविष्यका लागि युवा नेतृत्व र सक्रियताको प्रतीकका रुपमा रहने उनकाे भनाईछ ।
अहिले हामी सुर्नयालाई समृद्ध बनाउनका लागि लागि परेका युवा साउँदले बताए । शहीदको सम्मान, न्यायको स्थापना र सुर्नयालाई उज्वल भविष्यतर्फ लैजान हामी चरणबद्ध रुपमा संघर्षरत रहेका युवाहरुकाे भनाई छ ।
सुर्नयाका युवाहरु अहिले आन्दाेलित छन् । गत शुक्रबार देखि पालिकाका तालाबन्दी छ । युवाहरुले सूचनाकाे माग गर्दै ताला लगाएका हुन् ।
आफूहरुले तालाबन्दी गर्दा कुनै गलत मनसाय नराखेको भन्दै युवाहरुले भ्रष्टाचारमुक्त सुर्नया आफूहरुको अभियान रहेको बताएका छन् ।
तालाबन्दी खुल्न सकेकाे छैन् । पालिकाका जनप्रतिनिधि आफ्ना मागहरु प्रति उदासीन रहेकाले ताला खुल्न नसकेर सेवाग्राहीलाई समस्या भैरहेकाे युवाहरुकाे भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्