बैतडी– बैतडीका एक जनाकाे ट्रेनकाे ठक्करबाट मृत्युु भएकाे छ।
जिल्लाकाे सुर्नया गाउँपालिका वडा नं २ लिस्किटा दल्लाड घर भएका गणेश बहादुर चन्दका भाइ ४२ वर्षिय बिसा चन्दकाे भारतकाे केरलामा ट्रेनकाे ठक्करबाट मृत्यु भएकाे हाे ।
राेजगारीकाे सिलसिलामा स-परिवार भारत बस्दै आएका उनकाे बुधबार ट्रेनकाे ठक्करबाट मृत्युु भएकाे पारिवारिक स्राेतले जनाएकाे छ ।
मृतक चन्दका भतिजा अनिल चन्दका अनुसार भारतकाे केरलबाट बेंगलाेर फर्किने क्रममा घटना घटेकाे हाे ।
केरलामा नाैकरी गर्ने चन्दका छाेरा र श्रीमती भने बेंगलाेरमा रहेका बताइएकाे छ ।
चन्दकाे दाहसंस्कार बेंगलाेरमै हुने पनि पारिवारिक स्राेतले जनाएकाे छ ।
परिवार पाल्न भारत पसेका उनकाे उतै मृत्युु भएपछि अहिले घरपरिवार आफन्त सबै जना शाेकमा डुबेका छन् ।










प्रतिक्रिया दिनुहोस्