images
images

बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्युु !

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको त्यु भएको छ भने चारजना घाईते भएका छन् ।

जिल्लाको शिवनाथ गाउँपालिका वडा नं ५ को सुल्लेखानबाट मेलौली–२ सलेनातर्फ आइरहेको से १ ज ७३२ नम्बरको जीप मेलौली नगरपालिका–७ स्वाखानीमा बुधबार राती ११ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मेलौली नगरपालिका–२ की २३ वर्षीय तुलसि पाण्डेयको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिनुभयो ।

गम्भिर घाईते पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।

 

सो दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।

मेलौली नगरपालिका–२ का ३४ वर्षिय हरि पाण्डेय, सोही ठाउँका २८ वर्षिय ओम पाण्डेय, ६५ वर्षिय डम्बरदत्त पाण्डेय र दशरथचन्द नगरपालिका–७ का ३२ वर्षिय जीप चालक जनक बडू घाईते भएका प्रहरी निरीक्षक बडूले जानकारी दिनुभयो ।

घाइतेहरुलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

शिवनाथ  धाममा लागेकाे जात्राबाट फर्किरहेका  पाँच जना मात्रै जीपमा  सवार थिए ।

जीप आफैँ अनियन्त्रीत भएर सडकबाट १० मिटर तल खसेको थियो ।

दुर्घटनाको कारण बारे थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक बडूले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्