बैतडी-बैतडीकाे सुर्नया गाउँपालिकाका कर्मचारीहरुले गाडी दुर्घटनामा श्रीमान गुमाएकी वडा नं ४ कौलाडकी जानकी महरालाई आर्थिक सहयाेग गरेका छन् ।
मंसिर १८ गते भएको दुर्घटनामा जानकीका श्रीमान नरेश महराको मृत्यु भएको थियो। दुर्घटनापछि जानकी तीन सन्तानसहित घरबारविहिन भएकी छन्।
उनले आफन्तको घरमा बसेर श्रीमानको किरिया गरेकी थिइन्।जानकीलाई राहत पुगोस भन्ने उद्देश्यले सुर्नया गाउँपालिकाका कर्मचारीहरुबाट संकलन गरिएको ११ हजार ५८२ रुपैयाँ बिहीबार हस्तान्तरण गरिएको छ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत रामसिंह महरा र सव इन्जिनियर प्रकाशसिंह महराले उक्त रकम हस्तान्तरण गरेका हुन्।
घरबारविहिन भएपछि जानकीलाई तीन सन्तान हुर्काउन कठिनाइ भइरहेको छ।










प्रतिक्रिया दिनुहोस्