images
images

अपाङ्गतालाई शक्ति बनाएका बैतडीका भट्ट ‘उत्कृष्ट युवा पुरस्कार बाट सम्मानित

बैतडी– बैतडीको सुर्नया गाउँपालिका–३ गोयली घर भएका नन्दराज भट्ट नेपाल जेसिजको ‘उत्कृष्ट युवा पुरस्कार २०२५’ बाट स्वर्ण पदकसहित सम्मानित भएका छन्।

मधेश प्रदेशको जनकपुरधाममा सम्पन्न जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशनका अवसरमा अपाङ्गता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएबापत भट्टलाई राष्ट्रिय स्तरको सम्मान प्रदान गरिएको हो।

जन्मजातै अपाङ्ग रहेका भट्टले अपाङ्गतालाई कमजोरी होइन, समाज परिवर्तनको शक्ति बनाउँदै अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, पहुँच र सशक्तीकरणका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएका छन्।

देशभरका जेसिज प्रतिनिधिहरूको उपस्थितिमा आयोजित महाधिवेशनमा वक्ताहरूले भट्टको जीवन संघर्ष, आत्मविश्वास र निरन्तरताले आजका युवाहरूलाई प्रेरणा दिएको उल्लेख गरे।

महाधिवेशन अन्तर्गत विभिन्न विधामा १० जना उत्कृष्ट युवाहरूलाई सम्मान गरिएको थियो।

सम्मानपछि भट्टले आफूलाई सिफारिस गर्ने जेसिज फुलबारी शाखा प्रति आभार व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्