बैतडी– आगामी प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बैतडीमा उम्मेदवार सिफारिस प्रक्रिया टुंग्याएको छ ।
पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका कान्छा छोरा भुपेनबहादुर चन्दलाई पहिलो नम्बरमै अघि सार्दै राप्रपाले चुनावी तयारीलाई तीव्र बनाएको छ ।
राप्रपाले प्रत्यक्षतर्फ भुपेनबहादुर चन्द, इन्द्रदेवशरण भट्ट र नवीना शाही चन्दको नाम सिफारिस गरेको पार्टी जिल्ला अध्यक्ष इन्द्रदेवशरण भट्टले जानकारी दिए ।
यस्तै समानुपातिकतर्फ गणेश चन्द, अम्बिका भण्डारी र जिते महरको नाम सिफारिस गरिएको छ।
अन्य कुनै प्राविधिक अड्चन नआएमा भुपेनबहादुर चन्द नै राप्रपाको सर्वसम्मत उम्मेदवार बन्ने अध्यक्ष भट्टको भनाइ छ ।
अभिनेता समेत रहेका चन्दलाई मैदानमा उतारेर राप्रपाले बैतडीमा आफ्नो पुरानो राजनीतिक साख पुनःस्थापित गर्ने दाउ खेलेको विश्लेषण गरिएको छ ।
बैतडी पूर्व प्रधानमन्त्री चन्दको गृह जिल्ला हाे । हालकाे सुर्नया गाउँपालिका वडा नं २ कुरकुटियामा जन्मनुभएका चन्द चार पटक मुलुककाे प्रधानमन्त्री बनेका थिए ।
निशकलंक नेताकाे रुपमा चिनिएका पूर्वप्रधानमन्त्री चन्दका छाेरालाई अहिले राप्रपा बैतडीले चुनाव जित्ने रणनीतिका साथ पहिलाे नम्बरमा सिफारिस गरेकाे बताइएकाे छ ।
भुपेन चन्दले नेपाली राजनीतिमा विरासतभन्दा क्षमताका आधारमा स्थापित हुन चाहेकाे राप्रपका नेताहरुले बताए ।
राजनीतिक परिवारमा हुर्केका चन्द ज्ञान,सीपका आधारमा पनि याेेग्य व्यक्ती हुन् ।
आइटी इन्जिनियर ,पाइलट, रहेका भुपेन अभिनेता समते हुन् ।
बैतडीकाे अवस्था राम्राे संग बुझेका भुपेन पुरानो अनुभव नयाँ सोच र ऊर्जा सहित चुनावी मैदानमा आउन लागेका नेताहरुकाे भनाई छ ।










प्रतिक्रिया दिनुहोस्