images
images

बैतडीको सुर्नया गाउँपालिकामा नयाँ हाकिम खगेन्द्र भारती

बैैतडी-बैतडीको सुर्नया गाउँपालिकामा नयाँ हाकिम आउने भएका छन् ।

पालिकामा नयाँ हाकिमकाे रुपमा खगेन्द्र भारती आउने भएका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृत भारतीलाई सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत कार्यरत रहेका भारतीलाई सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको मन्त्रालयले जनाएको छ ।

सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर धानुकको सरुवा भएपछि गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेकाे थिया्े ।

भारती केही दिनमै पालिकामा हाजिर हुने बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्