images
images

घरवारविहीन जानकी महरालाई २ लाख २५ हजार आर्थिक सहयोग

बैतडी – बैतडीको सुर्नया गाउँपालिका–४ कौलाडीकी घरवारविहीन २६ वर्षीया जानकी महरालाई २ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

पत्रकार सुरेश महराको पहलमा  विभिन्न व्यक्तिहरूबाट संकलित  रकम मंगलबार  हस्तान्तरण  गरिएको हो ।

संकलित सबै रकम जानकीलाई हस्तान्तरण गरिएकाे उनले बताए ।

जानकीका श्रीमान् नरेश महराको गत मंसिर १८ गते मिनीट्रक दुर्घटनामा परी निधन भएको थियो । श्रीमान्को निधनपछि घर नहुँदा जानकीले अर्कैको घरमा बसेर किरिया गरेकी थिइन् ।

यसैबीच काठमाडौँस्थित किरण नमस्ते नेपाल संस्थाले जानकीका तीन सन्तानको शिक्षाको व्यवस्था गरेको छ ।

जानकी बालबच्चासहित काठमाडौँ जाने तयारीमा छिन् ।

सहयोग गर्न चाहनेले जानकी महराको नाममा बैतडीस्थित ग्लोबल आईएमई बैंकको खाता नम्बर ३८७०७०१००१४८१८ मा सहयोग गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्