बैतडी– बैतडीमा एक युवक मृत फेला परेका छन् ।
जिल्लाको पन्चेश्वर गाउँपालिका- ४ चौडाली भन्ने स्थानमा युवक मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार मृत फेला पर्नेमा वडा नं १ का अन्दाजी २५ वर्षीय तेज बहादुर चन्द रहेका छन् ।
बुधबार चन्द बाटोमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिनुभयो ।
घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्