बैतडी– बैतडी जिल्लामा प्रभावशाली नेताका रूपमा परिचित हरिमोहन भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आवद्ध भएका छन्।
यही पुस १८ गते हुने जिल्ला सम्मेलनमार्फत उनले औपचारिक रूपमा पार्टी प्रवेशको घोषणा गर्ने तयारी गरिएको छ।
गत आम निर्वाचनमा स्वतन्त्र रूपमा प्रदेशसभा सदस्यका उम्मेदवार बनेका भण्डारीले रास्वपाबाट नयाँ राजनीतिक यात्राको सुरुवात गरेका हुन्।
उनका अनुसार शुभेच्छुक, समर्थक र राजनीतिक सहकर्मीहरूको सुझावका आधारमा यो निर्णय लिइएको हो।
“यो मेरो नयाँ राजनीतिक कोर्ष हो, जिल्ला सम्मेलनबाट विधिवत रूपमा पार्टीमा प्रवेश गर्छु,” भण्डारीले बताए।
यसअघि नेपाली कांग्रेसमा आवद्ध रहेका भण्डारीले २०७९ को निर्वाचनमा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए।
त्यसबेला उल्लेख्य मतसहित आफ्नो राजनीतिक प्रभाव देखाएका भण्डारीलाई अब रास्वपाबाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि बलियो दाबेदारका रूपमा हेरिएको छ।
उनको रास्वपा प्रवेशसँगै बैतडीको राजनीतिक समीकरण फेरि एकपटक तातिएको छ।










प्रतिक्रिया दिनुहोस्