images
images

अन्तर्राष्ट्रिय पहिचान बोकेकी सरस्वती नेपाली एमाले बैतडीको समानुपातिक सूचीमा

बैतडी — नेकपा एमाले बैतडीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ तीन जनाको नाम सिफारिस गरेको छ।

पार्टीको जिल्ला कमिटी बैठकले जिल्ला अध्यक्ष नरेश विश्वकर्मा, प्रदेश कमिटी सदस्य सरस्वती नेपाली र एमालेका पूर्व केन्द्रीय सल्लाहकार मोहन थापाको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो।

दलित अगुवा महिला अधिकारकर्मी तथा सीमान्तकृत समुदायको अधिकारका लागि लामो समयदेखि वकालत गर्दै आएकी बैतडीकी सरस्वती नेपालीको नाम सिफारिस हुनु एमालेभित्र मात्र होइन, जिल्लाको राजनीतिक वृत्तमा पनि चासोका साथ हेरिएको छ।

सरस्वती नेपालीले  संयुक्त राज्य अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटद्वारा प्रदान गरिने ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ (GARC) प्राप्त गरेकी थिइन्।

यसका साथै उनले अन्तर्राष्ट्रिय डर्नाल अवार्ड समेत प्राप्त गरिसकेकी छन्।

अन्तर्राष्ट्रिय स्तरमै दलित तथा सीमान्तकृत समुदायको अधिकारका पक्षमा आवाज उठाउँदै आएकी नेपालीको राजनीतिक उम्मेदवारीलाई समावेशी प्रतिनिधित्वतर्फको सन्देशका रूपमा लिइएको छ।

पार्टीबाट निर्वाचित केन्द्रीय सदस्य, जिल्ला कमिटीका पदाधिकारी तथा अन्य सिनियर नेताहरूको सहभागितामा सम्पन्न बैठकबाट तीनै जनाको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको एमाले बैतडीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

निको खबर
images
SKIP THIS